संकटा र भुटनीज आहा ! रारा पोखरा गोल्डकपको उपाधिका लागि भिड्दै

पाेखरा | पुस २३, २०७९

संकटा र भुटनीज आहा ! रारा पोखरा गोल्डकपको उपाधिका लागि भिड्दै

पोखराः   सहारा क्लब पोखराको आयोजनामा जारी २२  औं आहा ! रारा पोखरा गोल्डकपको उपाधिका लागि संकटा र अमेरिकाको भुटानिज युथ स्पोर्टसबीच प्रतिस्पर्धा हुदैं छ ।  । उपाधिका लागि आज (शनिबार) पोखरा रंगशालामा १ः३० बजे प्रतिस्पर्धा हुनेछ । 

 

संकटाले विभागिय क्लब त्रिभुवन आर्मी र साविक विजेता एपिएफ क्लबलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो । यी दुई खेलमा संकटाले कुल ७ गोल गर्दा २ खोल खाएको छ ।


भुटानिजले भने सर्वाधिक आहा गोल्डकप विजेता मनाङ मर्स्याङ्दी र पहिलो पटक आहा रारामा डेब्यु गरेको चर्च ब्वाइजलाई हराउँदै फाइनलको यात्रा गरेको हो । दुवै टिमलाई समान १–० को अन्तरमा हराएको हो । भुटानिजले दुई गोल गर्दा कुनैपनि गोल खाएको छैन ।


हिमश्री फुड्स प्रा. लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।


सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।


प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सुर्य बहादुर के.सी स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्